१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

तपाईंसँग खर्च गर्ने हैसियत छ होटलमा बस्नुस, सक्नुहुन्न सरकारी क्वारेन्टिन जानुस



बागलुङ । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा बस्न पाउने भएका छन् ।

विदेशबाट आउनेले सुविधा सम्पन्न क्वारेन्टिनमा बस्न चाहेमा रकम तिरेर होटल क्वारेन्टिनमा बस्न सक्नेछन् भने अन्यलाई सरकारी क्वारेन्टिनमा निःशुल्क राखिनेछ । बागलुङ जिल्लाका १० स्थानीय तहले १०० भन्दा बढी स्थानमा क्वारेन्टिन व्यवस्थापन गरी एक हजार ४०० भन्दा बढी भारतबाट आएकालाई क्वारेन्टिनमा राख्दै आएको छ । भारतबाट आउनेलाई मात्रै क्वारेन्टिनमा राख्न मुस्किल भएको स्थानीय तहलाई तेस्रो मुलुकबाट आउने भएपछि झनै चुनौती थपिएपछि होटलमा पैसा तिरेर क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाइएको हो ।

बागलुङमा सुविधासम्पन्न क्वारेन्टिनको क्षमता विस्तार गर्नका लागि जिल्ला सदरमुकाममा रहेका होटललाई प्रयोगमा ल्याइने भएको छ । बागलुङ नगरपालिकाले जिल्लाका होटल व्यवसायीको सहकार्यमा रकम खर्च गरेर होटलमा बस्ने व्यवस्था गरेको र अन्यलाई निःशुल्क क्वारेन्टिनमा राखिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “हामीले विदेशबाट आउनेलाई इच्छाअनुसारको विकल्प दिएका छौँ”, प्रमुख पौडेलले भन्नुभयो, “खर्च गरेर होटलमा बस्ने वा स्थानीय तहले बनाएको क्वारेन्टिनमा निःशुल्क बस्ने रोज्न पाइनेछ ।”

शुरुको चरणमा बागलुङका छ वटा होटलमा १५० श्यया क्षमताको क्वारेन्टिन बनाइने होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो । पहिलो चरणमा होटल पिस प्यालेस, समिट, दिराजन, हिलभ्यू, रेड एप्पल र त्रिवेणी होटललाई क्वारेन्टिन बनाइने छ । थप क्वारेन्टिनमा बस्ने आएमा अन्य होटललाई समेत क्वारेन्टिनमा परिणत गर्न सकिने राजभण्डारीको भनाइ छ ।

होटलका कोठामा सेनिटाइज गर्ने, प्याकेजिङ गरेर खान कोठामै पु¥याउने, स्वास्थ्य सचेतना प्रदान गर्नेलगायतका सुविधा हुनेछ । होटल क्वारेन्टिमा बस्न प्रतिव्यक्ति रु एक हजार ७५० र डबल श्यया कोठामा प्रतिव्यक्ति रु एक हजार ५०० शुल्क तय गरिएको होटल व्यवसायी सङ्घले जनाएको छ । कूल १५० श्यया क्षमताको क्वारेन्टिन शौचालयजडित र स्नान कक्ष भएको हुनेछ । जिल्ला सुरक्षा समितिले निर्णय गरेपछि क्वारेन्टिन बनाइएको होटलमा सुरक्षाको व्यवस्थापनमा लाग्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ४ : २२ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’