५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना संक्रमणको मामिलामा चीनको उहानलाई जित्यो भारतको मुम्बईले



काठमाडौं । छिमेकी भारतमा कोरोना भाइरसका संक्रमित दिन दिनै बढिरहेका छन् । एकै दिनमा १० हजार भन्दा बढी कोरोना संक्रमितहरु थपिँदै गएका छन् ।

भारतको राजधानी दिल्लीमा आगामी जुलाईसम्म ५ लाख कोरोना संक्रमित हुने र त्यसका लागि करिब ८० हजार हस्पिटल बेड चाहिने घोषणा दिल्ली सरकारले गरेको छ ।

कोरोना महामारीबाट भारमा सबैभन्दा नराम्रोसँग प्रभावित भएको शहर भने मुम्बई बनेको छ । मुम्बईमा कोरोना संक्रमित चीनको उहानमा भन्दा बढी भैसकेका छन् ।

भारतको आर्थिक राजधानी मुम्बईमा कोरोना संक्रमणको मामिला बढेर ५१ हजार नाघेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनको उहान शहरमा भाइरको चरम अवस्था रहँदा भन्दा पनि मुम्बईको मामिला बढी हो ।

भारतमा संक्रमणको कुल संख्या २ लाख ७६ हजार बढी रहेको छ । मुम्बई शहर रहेको महाराष्ट्र राज्य सबैभन्दा धेरै कोरोना संक्रमित हुने राज्य बनेको छ, जहाँ ९१ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । मुम्बईमै रहेको संसारकै ठूलो सुकुम्बासी बस्तीमा कोरोना संक्रमण आगोको भुस सरह फैलिएको छ । अत्यन्त अव्यवस्थित सो बस्तीमा १० लाखबढी मानिस बढी मानिस बसोबास गर्छन् ।

आर्थिक राजधानी मुम्बई सँगै राजनीतिक राजधानी दिल्लीमा पनि संक्रमण निकै तिब्र गतिमा बढिरहेको छ ।

भारतमा लगभग तीन महिनादेखि लकडाउन जारी छ । भाइरसको प्रसार रोक्न गरिएको लकडाउन मध्यम र उच्च वर्गले पालना गरे पनि आम मजदुर किसान वर्गका लागि भने अभिषाप बनेको छ । लकडाउन भएकै दिनदेखि पचासौं हजार मजदुरहरुले रोजीरोटी गुमेपछि हजारौं किलोमिटर दूरी पैदल पार गर्दै आफ्नो घर फर्किएको हृदयविदारक दृश्य विश्वभरको हट न्यूज बनेको थियो ।

भारतमा कोरोना संक्रमित बढ्दै जाँदा त्यसको प्रभाव नेपालमा पनि परेको छ । नेपालमा अहिलेसम्म संक्रमित मध्ये ८५ प्रतिशत बढी संक्रमित भारतबाटै आएको प्रधानमन्त्री केपी शर्मा ओलीे बताउनुभएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ७ : ३२ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य