८ बैशाख २०८१, शनिबार | April 20, 2024

बुटवलमा लकडाउनका बेला सुत्केरीलाई पोषण



बुटवल । कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा सुत्केरीलाई पोषणको अभाव हुन नदिन बुटवल उपमहानगरपालिकाले गर्भवती तथा सुत्केरीलाई पोषिला खानेकुरा वितरण गरेको छ ।

लकडाउनमा नियमित स्वास्थ्य सेवाका अतिरिक्त बुटवलले विपन्न समुदायका गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री प्रदान गरेको हो । बुटवलले आव ०७५/७६ देखि नै मुलुककै नमुना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सुरु गरेको थियो ।

बुटवलले मुलुकमै पहिलोपटक सुरु गरेका मेयर युवा इलम कार्यक्रम, महिला उद्यमशिलता विकास कार्यक्रम संगै उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम अर्को नमुना र प्रभावकारी कार्यक्रम मानिएको छ ।

महामारीका बेलामा जनस्वास्थ्यको हटलाइन सेवासंगै सबै वडाहरुलाई लक्षित गरेर विभिन्न ठाउँमा फिवर क्लिनिकसमेत सञ्चालनमा छन् । मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउन संवेदनशिल भएर लागिएको उपमहानगरलिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

महामरीका विरुद्ध अभियानसंगै अहिले बुटवलले स्वास्थ्य सुरक्षाप्रवन्धसहित भौतिक दुरी कायम गरेर नगरका अति विपन्न समुदायका सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामग्री प्रदान गरिरहेको उपप्रमुख गुमादेवी गुमादेवी आचार्यले जानकारी दिनुभयो । लकडाउनको अवधिमा पनि ८१ जना आर्थिकरुपमा विपन्न तथा श्रमिक सुत्केरीहरुको घरमै पुगेर सेवा दिइएको छ ।

उनीहरुलाई क्याल्सियम आइरन, दशमुलारिष्ट आयुर्वेदिक औषधी, ध्यू, मेथी, ज्वानो, चामल लगायतका पौष्टिक आहारहरु उपलब्ध गराईएको छ । त्यसैगरी स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य चेकजाँच र परामर्श समेत दिइएको उपप्रमुख आचार्यले बताउनुभयो ।

गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यु, मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पु¥याउन बुटवलले उपप्रमुख सुत्केरी तथा गर्भवती भेटघाट कार्यक्रम सञ्चालन गरेको थियो । गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्श समेत दिइएको छ ।

बुटवलका विभिन्न सहरी स्वास्थ्य केन्द्रहरुमार्फत आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा सञ्चालनमा छन् । यस्ता सेवा सञ्चालन भएदेखि नै बुटवलमा सरकारी स्तरका स्वास्थ्य संस्थामा सेवाग्राहीको आकर्षण बढेको थियो । नगरका स्वास्थ्य संस्थाहरुबाट ४० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क सुगरको जाँच भइरहेको छ । यसखालको निःशुल्क सेवा मुलुकमै बुटवलले पहिलोपटक सुरु गरेको हो । यसअन्र्तगत करिब चार हजार जनाले यो सेवा लिइसकेको उपमहानगरको तथ्यांकमा छ ।

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरदैलोमै चौमासिक रुपमा पुगेर स्वास्थ्य चेकजाँच र निःशुल्क औषधि उपलब्ध गराउने स्थानीय तहमा बुटवल अग्रणी मानिन्छ । ‘नगरप्रमुख ज्यष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण’ शीर्षकमा सुरु भएको यो कार्यक्रम अन्र्तगत दुई हजार भन्दा धेरै ज्येष्ठ नागरिकले सेवा लिएको उपमहानगरका शिक्षा तथा जनशंख्या महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो ।

क्वारेन्टिन र आइसोलेशनमा पञ्चकर्म सेवा तथा योगा अभ्यास
महामारीकै समयमा बुटवलले क्वारेन्टिन र आइसोलशन सेन्टरमा योगाअभ्यास र आयुर्वेद ओखतीसमेत निशुल्क वितरण गरिरहेको छ । विश्व स्वास्थ्य संगठनले समेत सन्तुलित आहार विहार, तनावमुक्त जीवनशैली अपनाउँदै योगा र ध्यानका माध्यमबाट रोगप्रतिरोधी क्षमता बढाउन सकिने बताइरहेका बेलामा बुटवलमा भने सुरुदेखि नै यसखालका कार्यक्रम सञ्चालनमा छन् । स्कुले बालबालिकादेखि विभिन्न उमेर समूहकालाई योग र पञ्चकर्म सिकाइरहेका बेलामा अहिले महामारीका विरुद्ध उपयोगी विधिका रुपमा योगा सावित भएको योगा प्रशिक्षक विष्णुहरि आचार्य (योगीराज) को भनाइ छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ५ : २९ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा