२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

भारतबाट फर्किएका नेपालीको असुरक्षित यात्रा



नेपालगन्ज । कोरोना महामारीका कारण भारतबाट घर फर्कन नेपाल भित्रिएकाहरु असुरक्षित यात्रा गर्न बाध्य छन् । भारतबाट दुःख कष्ट झेलेर जसोतसो नेपाल भित्रिएका उनीहरु सीमानाकाबाट गाउँसम्म पुग्ने सवारी साधन व्यवस्थित नहुँदा एउटै गाडीमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता छ ।

भारतबाट नेपालगञ्जस्थित जमुनाह नाका हुँदै फर्किने यात्रुलाई गाउँसम्म पु-याउन सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पठाइने भए पनि यात्रा असुरक्षित हुने गरेको छ । कतिपय स्थानीय तहले भारतबाट फर्किने यात्रु ओसार्न फोहर सङ्कलन गर्नै टिपरको समेत प्रयोग गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले बताए ।

दुई हप्ताअघिमात्रै भारतका विभिन्न शहरबाट नेपालगञ्जको जमुनाह नाका हुँदै नेपाल भित्रिएका १२ जनाले अकालमै ज्यान गुमाएका छन् । २० जनाको सिट क्षमता रहेको मिनीबसमा ३३ जना सवार हुँदा घर जान हिँडेका २१ जना दुर्घटनामा घाइते भई भेरी अस्पतालमा भर्ना भएका छन् ।

ट्राफिक प्रहरी निरीक्षक बमका अनुसार क्षमताभन्दा बढी यात्रु सवार उक्त मिनीबसका चालकले मादक पदार्थ सेवन गरी तीव्र गतिमा चलाएको पाइएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भारतबाट आउने नागरिकलाई ओसार्न टिपर पठाउने गरेकाले त्यसमा रोक लगाएको जनाए । बसमा क्षमताअनुसारको यात्रु बसालेर सुरक्षित तवरले नागरिकलाई घर पु¥याउन आग्रह गर्दा पनि चालकको लापर्वाहीले दुर्घटना हुने गरेको बताए ।

भारतले रेल र बस सेवा सञ्चालनमा ल्याएपछि दैनिक दुई हजार ५०० देखि तीन हजारसम्म नेपाली नेपालगञ्ज नाका हुँदै नेपाल फर्किने गरेकोे इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिए । रिजालका अनुसार भारतले रेल सेवा सञ्चालन गरेपछि भारतका विभिन्न ठाउँबाट सीमाक्षेत्रमा अलपत्र परेका प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसमेत गरेर करिब ५० हजार नेपाली नागरिक जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका छन् ।

अहिले प्रत्येक दिन दुईदेखि तीक हजारसम्म नेपाली नागरिक नेपालगञ्जस्थित जमुनाह नाकामा जम्मा हुने गरेको उनको भनाइ छ । नेपाल–भारत सीमानाका पूर्णरुपमा बन्द रहे पनि भारतबाट घर फर्किएर अलपत्र परेका नेपाली नागरिकलाई सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरेर घर पठाइने गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।

उनका अनुसार, नेपालगञ्ज नाकाबाट भित्रिने नेपाली अधिकांश कोरोना सङ्क्रमण बढी भएको भारतको महाराष्ट्र र दिल्लीबाट आउने गरेका छन् । बाँकेमा कोरोना पुष्टि भएका अधिकांश भारतको महाराष्ट्रबाट आएका नेपाली छन् । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ७ : ३३ बजे

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको