३ पुस २०८२, बिहिबार | December 19, 2025

कोरोना महामारीको जोखिम हुनेगरी प्रदर्शनमा नउत्रिन सरकारको पुनः आग्रह



काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी फैलिँदै गरेको अवस्थामा सडकमा जुलुस र प्रदर्शन नगर्न पुनः आग्रह गरेकोछ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)का संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले विज्ञप्ति जारी गरी कोरोना भाइरसको उच्च जोखिम रहेको अहिलेको असामान्य अवस्थाप्रति गम्भीर र संवेदनशील हुन विशेष आग्रह गर्दै प्रदर्शनहरुमा सहभागी नबन्न आग्रह गरेकाछन् ।

लकडाउनलाई क्रमश? खुकुलो बनाउँदै जनजीवनलाई सहज अवस्थामा फर्काउने निर्र्ण भैसकेको परिप्रेक्षमा सामाजिक दूरीलाई कायम राख्नु र संक्रमणको जोखिमलाई नियन्त्रण गर्न सहयोग गर्नु सबैको कर्तव्य स्मरण गराउँदै पोखरेलले थोरै असावधानले भयावह महामारीको रुप लिनसक्ने खतराप्रति सम्बद्ध सबैमा आह्वान पनि गरेका छन्न ।

विभिन्न माग राखेर केही दिन यता सरकारविरुद्ध प्रदर्शन भैरहेको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकार असफल बनेको, स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरेको, पीसीआ टेष्ट नगरेको लगायतका विभिन्न माग राखेर सुरु भएको स्वतस्फुर्त प्रदर्शनलाई प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेताहरुले समर्थन जनाएका छन् । यस्तै जनता समाजवादी पार्टी जसपा, साझा पार्टी र विवेकशील पार्टीले भने औपचारिक रुपमै समर्थन जनाएका छन् ।

सीसीएमसी संयोजक पोखरेलले शनिबार प्रतिनिधिसभाबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्शालाई नेपालको निशान छापमा समावेश गर्न संविधान संशोधनको निर्णय हुनलागेको स्मरण गराउँदै यस विशेष दिनलाई ऐतिहासिक बनाउन र स्वागत गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ८ : ४४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको