२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

ओमानबाट नेपाल आईपुगे १६६ नेपाली, नेपाली सेनाले होल्डिङ सेण्टरबाट सम्बन्धित गन्तब्य पठाउंदै



काठमाडौं । कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपालीहरु नेपाल फर्कने क्रम जारी रहेको छ ।

आज अपरान्ह ओमानबाट १६६ जना नेपाली काठमाडौ आईपुगेकाछन् । उनीहरु ओमानबाट सलाम एयरको OV-427 नम्बरको उडानबाट काठमाडौ आईपुगेका हुन् । आज नेपाल अवतरण गर्नेहरुमा प्रदेश नं. १ का २५ जना, प्रदेश नं.२ का १० जना, बाग्मति प्रदेशका ५७ जना, गण्डकी प्रदेशका २६ जना, प्रदेश नं. ५ का ३८ जना, कर्णाली प्रदेशका ३ जना र सुदुरपश्चिम प्रदेशका ७ जना गरी जम्मा १६६ जना नेपाली नागरिकहरुको रहेका छन्।

बिदेशमा कामबाट निकालिएका वा बिबिध कारणले स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई होल्डीङ सेण्टरमा राखिएको केन्द्रिय बिपद ब्यवस्थापन केन्द्र सीसीएमसीले जानकारी दिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरेसंगै उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रदेशगत रुपमा स्थापना गरिएको होल्डीङ केन्द्रमा लगिएको थियो ।

सीसीएमसीका अनुसार उनीहरुको होल्डीङ केन्द्रमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाईनहरुमा पठाईने छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : ०० बजे

भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीको अग्रता कायम, महेश बस्नेतसँग २०० मतको अन्तर

भक्तपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर-२ मा जारी मतगणनाको

यस्तो छ काठमाडौंका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण

काठमाडौं । काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ ।

रौतहट ४ को मतगणना सुरु

चन्द्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं

रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलको सुरुआती अग्रता, विष्णु पौडेलभन्दा २ हजार बढी मतले अगाडि

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर-२ मा जारी

शान्तिपूर्ण निर्वाचनका लागि अमेरिकाद्वारा बधाई

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा