४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँकेका प्रजिअ र एसपीलाई नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को स्वागत



नेपालगन्ज । बाँके जिल्लामा सरुवा भएर पुगेका नयाँ प्रशासन प्रमुख प्रमुख जिल्ला अधिकारी र नयाँ प्रहरी प्रमुख प्रहरी उपरिक्षकलाई नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बाँके शाखाले स्वागत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा एक महिना अघि सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरी कार्यालय बाँकेमा १५ दिन अघि सरुवा भइ आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानालाई फोनिज बाँकेले आइतबार स्वागत गरेको हो ।

प्रजिअ कुरुम्बाङ र प्रहरी प्रमुख रानालाई फोनिज ५ नम्बर प्रदेशका महासचिव गजेन्द्र गुरुङ, फोनिज बाँकेका संस्थापक सदस्य तथा सल्लाहकार पुर्णलाल चुके, जिल्ला अध्यक्ष समिरमान श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारु लगायतले फुलका गुच्छा र खादा दोसल्ला ओढाएर स्वागत गरेका थिए ।

फोनिज बाँकेका अध्यक्ष समिरमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो स्वागत कार्यक्रममा फोनिज बाँकेका कोषाध्यक्ष सोम गुरुङले स्वागत मन्तव्य राखेका थिए भने, सचिब भगतराम थारुले कार्यक्रम संचालन गरेका थिए ।

बाँकेमा पहिलो पटक प्रशासन र प्रहरी प्रमुख एकै पटक आदीबासी जनजाती समुदायबाट सरुवा भएर गएका हुन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ७ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको