२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

हावाबाट कोरोना संक्रमण फैलिन सक्ने भन्दै सयौं वैज्ञानिकले दिए चेतावनी



सयौं वैज्ञानिकहरुले कोरोना भाइसको संक्रमण हावाबाट समेत फैलिन सक्ने भन्दै चेतावनी दिएका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार हावाको सानो कणमा रहेका कोरोना भाइरसबाट मानिसहरु संक्रमित हुनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका हुन् ।

वैज्ञानिकहरुले विश्व स्वास्थ्य संगठनलाई अहिलेसम्म संगठनले कोरोनाका बिरामीसँग जोडिएको दिशानिर्देशलाई संशोधन गर्दै हावाबाट समेत कोरोना सर्न सक्ने नयाँ निर्देशन जारी गर्न सुझाव दिएका छन् ।

खबर अनुसार शोधकर्ताहरुले डब्लुएचओलाई एक खुलापत्र लेख्दै यस्तो सुझाव दिएका हुन् । यो शोधपत्रको निस्कर्ष आगामी साता साइन्स जर्नलमा प्रकाशित हुँदैछ ।

सो अनुसन्धानमुलक जर्नलमा ३२ देशका २३९ वैज्ञानिकहरुले हावाको सानो कणबाट पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै तथ्य प्रस्तुत गर्नेछन् ।

विश्व स्वास्थ्य संगठनले अहिलेसम्म दिएको दिशानिर्देश अनुसार कोरोना भाइरस मुख्यगरी एक व्यक्तिबाट अर्को व्यक्तिसम्म सानोसानो ड्रपलेटबाट फैलिन्छ, जुन हाच्छुँ गर्दा या बोल्दा मुखबाट बाहिर निस्कन्छ । यही दिशानिर्देशकै आधारमा विश्वभरका चिकित्सकहरुले आम मानिसलाई सचेत बन्न एक व्यक्तिबाट अर्को व्यक्तिको बीचमा दुरी बनाइराख्न आग्रह गरिरहेका छन् ।

तर, न्यूयोर्क टाइम्सका अनुसार वैज्ञानिकहरुले दाबी गरेका छन् कि हाच्छुँ गर्दा हावामा धेरै टाढासम्म जाने खालका ठूला या साना ड्रपलेट जति क्षेत्रफलसम्म फैलिन सक्छन् त्यसमा रहेका कोरोना भाइरसले आम मानिसलाई संक्रमित गर्न सक्छ ।

यद्यपी, डब्लुएचओले भने वैज्ञानिकहरुले दिएको प्रमाण अझै पूर्ण नभएको प्रतिक्रिया दिएको छ । डब्लुएचओका वैज्ञानिक डा. बेनेडेटा अलेङ्ग्राजीले न्यूयोर्क टाइम्ससँग भनेका छन्, ‘वास्तवमा पछिल्लो दुई महिनामा हामीले पनि कैयौं पटक हावाको माध्यमबाट भाइरस सर्न सक्छ भनेर त भनिसकेका छौं तर सावित गर्नका लागि अहिलेसम्म ठोस पूमाण भेटिएको छैन ।’

यद्यपी, आगामी हप्ता प्रकाशित हुने साइन्स जर्नलमा सयौं वैज्ञानिकहरुले कुन प्रमाणका आधारमा हावाबाट कोरोना भाइरसको किटाणु सर्छ भनेर निस्कर्ष दिन्छने, त्यसका आधारमा थप व्याख्या र वैज्ञानिक बहस हुने देखिन्छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ८ : ०९ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा