२३ बैशाख २०८१, आइतबार | May 5, 2024

दीर्घकालिन योजनामा सामाजिक संघसस्थाहरु



बुटवल । सामाजिक कार्यमा अग्रसर रहेका संघसंस्थाहरु समाजको समस्या पहिचान गर्दै समुहगत रुपमा अघि बढ्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ३० औ नियमित बैठक तथा समाजमा संघसंस्थाहरुको भुमिका विषयमा कार्यक्रममा बोल्ने बक्ताहरुले दीर्घकालिन योजनासहित योजना बनाएर अघि बढन्पर्ने सुझाव दिएका हुन ।

रोटरीको मुख्य लक्ष्य पोलियो उन्मुलन, स्वस्थ सचेतना, गरिबी, साक्षरता, भोकमरी, दैवीप्रकोपमा सहयोग, खानेपानी तथा सेनिटेसनको क्षेत्र भएको भन्दै यसमा सहकार्य गरि अघि बढ्न सकिने क्लबका अध्यक्ष गोपाल ज्ञवालीले बताए । ब्यवसायिक कामसंगै सेवाको भावना विकास गर्न संघसंस्थाहरुको खाचो रहने उनले बताए ।  यो वर्ष वृक्षारोपण र रक्तदान कार्यक्रमको तयारी गरिएको उनले जानकारी दिदै यसमा सबैको साथ जरुरी रहेको बताए ।

क्लब ईडिटर रमेशमणि सुवेदीले रोटरीमा रहेर समाजलाई केही दिने रुपमा संगठित हुने संस्थाको रुपमा रहेको भन्दै संस्थामा आवद्घता किन र के को लागि भनेर जानकारी गराएका थिए । संस्थाले ब्यक्तिमा नेतृत्व, संचार, संगठनको विकास गर्दै सामाजिक काममा अग्रसर गराउने उनको दाबी छ । कार्यक्रममा प्रतिष्ठित उद्योगी तथा समाजसेवी नवराज श्रेष्ठले आफनो अनुभव सुनाउदै हरेक क्षेत्रमा ब्यवस्थापनको पाटो महत्वपुर्ण भएको बताए ।

समुदायबाट राम्रो कुराहरु सिक्नुपर्ने र आफनो जिवनमा लागु गर्न सके सफलता हासिल हुने उनको तर्क छ । कर्पोरेट म्यानेजमेन्ट सिस्टम, घरपरिवारसंग सम्बन्ध, यसैगरि सरकारी करको विषयमा समेत ध्यान दिए उद्योगी ब्यापारी सफल हुने उनले बताए ।

बुटवल आफैमा ऐतिहासिक स्थान भएकाले पनि यसको विकासमा सबेैको योगदान जरुरी रहेको भन्दै उनले सिद्धबाबा क्षेत्रको सडक, नया औद्योगिक कोरिडोर लगायतका विकासको काममा सबै एकमत नहुदा ढिलाई भएको दुखेसो गरे ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष रमेश खनालले यस क्षेत्रमा सामाजिक संघसंस्थाको योगदान महत्वपूर्ण रहेको दाबी गरे । शिक्षा, स्वस्थ्य र विकास निमार्णमा समेत विभिन्न संस्थाहरु लागेको उनले बताए ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ८ : ४६ बजे

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं