२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

पहिरोको पिरलोमा सर्वसाधारण



ताप्लेजुङ । ताप्लेजुुङको सिरिजङ्घा गाउँपालिका–५ पेदाङस्थित मुक्तुरा बस्तीका सात घर परिवार गत वर्ष गएको पहिरोका कारण विस्थापित बने ।

बस्तीको बीच भागबाट ठूलो पहिरो झरेपछि उनीहरु अन्यत्रै सरेका हुन् । पहिरोको आसपासका १० घर परिवार अहिले जोखिम मोलेर बसेका छन् । निरन्तरको झरीले रातभर ढुक्कले सुत्ने अवस्था छैन । केही दिनयता निरन्तर वर्षा भइरहेको छ । शनिबार राति ठूलो वर्षा भएपछि त्यहाँका वडाध्यक्ष पूर्ण लिम्बूले राति नै फोन गरेर सतर्क र सुरक्षित रहन आग्रहसमेत गरे ।

यता फक्ताङलुङ गाउँपालिका–४ इखाबुस्थित रानी आधारभूत विद्यालय आसपासका बासिन्दा गत असार २ गते यता पहिरोको त्रासमा छन् । असार २ गते माथिबाट झरेको पहिरोले सोही विद्यालयको भवन नै बगाएको र बस्तीमा पहिरोको थप जोखिम भएको भन्दै स्थानीय तीन घर परिवार आजकल छिमेकीको घरमा गएर सुत्ने गरेका छन् ।

‘पानी नपर्दा घरैमा सुत्छौँ, पानी पर्ना साथ छिमेकिको घरमा पुग्छौँ, ज्यान जोगाउनै पर्‍यो’, स्थानीय भक्त लाबुङले भने । विद्यालयको चार कोठे भवनसँगै लाबुङको समेत भान्सा घर र सुँगुर बगाएको थियो । केही दिनयता निरन्तर पानी परिरहेको र पहिरो झरिहाल्छ कि भन्ने पिरले राति सुत्न छिमेकीकहाँ जाने गरेको लाबुङले बताए ।

तमोर नदी किनारमा पर्ने दोभान बजारलगायतका बासिन्दालाई पनि बाढीले बगाउला कि भन्ने पिर छ । मनसुन सक्रिय भएसँगै जिल्लाका अधिकांश क्षेत्रका बासिन्दा पहिरोको पिरलोमा परेका छन् । बर्सेनि यो जिल्लामा पहिरोले क्षति पुर्‍याउँदै आएको छ । चार वर्षअघि मात्रै जिल्लाको लिवाङ, खोक्लिङलगायतका ठाउँमा पहिरोले ५९ जनाको ज्यान गएको थियो भने सयौँ रोपनी खेतीयोग्य जमीन बगाएको थियो ।

पछिल्लो समयमा ग्रामीण क्षेत्रमा खनिएका सडकले समेत पहिरोको जोखिम बढाएको स्थानीयवासी बताउँछन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार विपद् व्यवस्थापनमा स्थानीय तहसमेत जिम्मेवार छ तर स्थानीय तहले भने विपद्का घटना तथा जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना तथा कार्यक्रम बनाउन नसकेको भन्दै सर्वसाधारणले गुनासो गर्ने गरेका छन् ।

यता जिल्ला विपद् व्यवस्थापन समितिले गएको शुक्रबार बैठक बसेर सबै सुरक्षा एकाइलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । स्थानीय तहका प्रमुख साथै वडाध्यक्षहरुलाई समेत विपद्का घटनाको जोखिम व्यवस्थापनका लागि ध्यान दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष डोरेन्द्र निरौलाले जानकारी दिए । रासस

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १० : २८ बजे

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई

११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

काठमाडौं। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको