३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

क्वारेन्टिनमा नबसी गाँउ पसेका २५ जनामा कोरोना संक्रमण, गाउँमा त्रास



बझाङ । क्वारेन्टाईन छाडेर गाँउ फर्किएका २५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

रिपोर्ट आउने निश्चित नभएको भन्दै एक साता अघि गाँउ छिरेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त रिपोर्ट सार्वजनिक भएपछि गाउँमा अहिले त्रास फैलीएको छ । केदार स्युँ गाँउपालिकाको वडा नम्बर ६ र ७ का भारतबाट फर्किएका स्थानीयहरु क्वारेन्टाईनमा बस्दै आएका थिए ।

१४ दिन क्वारेन्टाईनमा बसेका १२५ जनाको स्वाब परिक्षणका लागी डडेल्धुरा पढाईएको थियो । उप क्षेत्रीय अस्पताल डडेल्धुराले उक्त स्वाब परिक्षणका लागी काठमाडौ पठाईको र २५ जनामा कोरोना पुष्टि भएको थियो । अहिले पोजेटिभ रिपोर्ट आएकाहरुको स्थानीय तहले खोजी गरी गाँउपालिकाको आईसोलेसनमा राखीएको केदार स्युँ गाँउपालिकाका अध्यक्ष ईन्द्र बहादुर भण्डारीले बताए । स्वाब परिक्षणको नतीजा एक हप्ता सम्म नआएपछि क्वारेन्टाईनमा बसेकाहरुमा कोरोनाको कुनैपनि लक्षण नदेखिएको भन्दै पठाइएको थियो ।

उनीहरु एक हप्ता गाँउमा बसेको र अन्यसंग भेटघाट गरेकाले उनीहरुसंग सम्पर्कमा आएकाहरुको समेत स्वब संकलन गरी पिसीआर परिक्षण गरिने तयारी भएको प्रमुख जिल्ला अधिकारी कमराज भण्डारीले बताए । यो सामाग्री आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ६ : ४८ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६