३१ असार २०८२, मंगलबार | July 15, 2025

बैंकका कर्मचारी संक्रमित भएसँगै देवदहमा पैदल यात्रामा समेत प्रतिबन्ध



देवदह । रुपन्देहीको देवदह नगरपालिकाको खैरेनीमा रहेको बैंकका एक जना कर्मचारीलाई कोरोना संक्रमण भएसंगै देवदह नगरपालिकामा अत्यावश्यक बाहेकका अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।

देवदहको खैरेनीमा रहेको गरिमा विकास बैंकमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द गरिएको हो ।

नगरपालिकाको कार्यपालिकाको आकस्मिक बैठकले आज मंगलबार राती १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि देवदह क्षेत्रमा अत्यावश्यक बाहेक पैदलयात्रा गर्न सम्म नपाईने गरि निर्णय भएको छ ।

बैठकले रामार्ग क्षेत्र बाहेकका स्थानमा सवारीका साधनहरु चल्न नदिने, कुनैपनि पेशा, व्यवसाय सञ्चालन नगर्ने सहितका निर्णय गरेको उपप्रमुख विद्या लक्ष्मी गुरुङले जानकारी दिइन् ।

बैकंका कर्मचारीमा कोरोना संक्रमण देखिएसंगै अर्को सुचना नआउँदा सम्मको लागि नगरक्षेत्रमा लकडाउन गरिएको उप प्रमुख गुरुङले बताइन । गुरुङका अनुसार अत्यावश्यक सेवाहरु भने रोकिने छैनन् ।

तत्कालका लागि खाद्यान्न पसल सहित उद्योगधन्दा र अरु सबै व्यापार व्यवसाय पनि समेत बन्द गरिने छ । उता गरिमा विकास बैंकका कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि बैंकका करीब ११ जना होम क्वानरेन्टिनमा छन् ।

कर्मचारीका परिवार, उनले सेवा लिएको मेडिकल, प्याथोलोजी, बैंकमा सेवा लिन आएका सेवाग्राहीहरु र बैंकका अन्य कर्मचारीसहित २५ जनाको पीसीआर परीक्षणका लागि तयारी भएको देवदह नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ९ : ३१ बजे

गण्डकीमा ७१ प्रतिशत रोपाइँ

गण्डकी । गत आइतबार सम्ममा गण्डकी प्रदेशमा ७१ दसमलव ०३

सम्मरीमाई र मर्चवारीमा भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण

बुटवल । रुपन्देहीको सम्मरीमाई र मर्चवारी गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि एक

२४ लाख ५० हजार घुस रकमसहित भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित ३ जना अख्तियारको फन्दामा

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य

कान्ति मावि बुटवलको अध्यक्षमा जीवन वझा चयन

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय