४ आश्विन २०८०, बिहिबार | September 21, 2023

राष्ट्रियसभाका विषयगत समितिमा सभापति निर्वाचनको लागि उम्मेदवारी दर्ता, निर्वाचन साउन २३ गते हुने



काठमाडौं । राष्ट्रियसभाका विषयगत समितिमा सभापति निर्वाचनको लागि उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२)  बमोजिम सभापतिका लागि आज चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय विहान ११ बजेबाट ४ बजेसम्म तोकिएको छ ।

विषयगत समिति अन्तर्गत विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट,प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापाको उम्मेदवारी दर्ता भएको संसद सचिवालयले जनाएको छ ।

सभापतिको निर्वाचन साउन २३ गते दिउँसो १ बजे निर्वाचन हुने भएको छ । सभापतिको निर्वाचनका लागि एकजना मात्रै उम्मेवारी परेमा सम्बन्धित समितिको बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा हुने छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  २ : ०८ बजे

भन्सारबाट सजिलै नेपाल छिराइएको ३२ थान मोबाइल विमानस्थलबाट पक्राउ

नेपालगन्ज । नेपालगन्ज भन्सार पार गरेर नेपालगन्ज विमानस्थल पु¥याइएको ३२

कांग्रेस सभापति देउवाले गरे चन्द्र भण्डारी सहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको मनपरी, नियमावली विपरीत आफुखुसी नियुक्ति

बुटवल । दैनिक हजारौंको सङ्ख्यामा उपचारका लागि आउने बुटवलको लुम्बिनी प्रादेशिक

चितवनका ‘पुष्पा र अञ्जली’लाई कोशी पठाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा

नेकपा एकीकृत समाजवादीको बैठक स्थगित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक