१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

राष्ट्रियसभाका विषयगत समितिमा सभापति निर्वाचनको लागि उम्मेदवारी दर्ता, निर्वाचन साउन २३ गते हुने



काठमाडौं । राष्ट्रियसभाका विषयगत समितिमा सभापति निर्वाचनको लागि उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२)  बमोजिम सभापतिका लागि आज चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय विहान ११ बजेबाट ४ बजेसम्म तोकिएको छ ।

विषयगत समिति अन्तर्गत विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट,प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापाको उम्मेदवारी दर्ता भएको संसद सचिवालयले जनाएको छ ।

सभापतिको निर्वाचन साउन २३ गते दिउँसो १ बजे निर्वाचन हुने भएको छ । सभापतिको निर्वाचनका लागि एकजना मात्रै उम्मेवारी परेमा सम्बन्धित समितिको बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा हुने छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  २ : ०८ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि