४ पुस २०८२, शुक्रबार | December 20, 2025

कपिलवस्तु नगरपालिकाको कोरोना खर्च सार्वजनिक, संक्रमित लक्षित सुमदायको आधा खर्च पालिकाले व्यहोर्ने



कपिलवस्तु । कपिलवस्तु नगरपालिकाले गत आर्थिक वर्षमा कोरानो व्यवस्थापन वापत भएको खर्च विवरण सार्वजनिक गरेको छ ।

खर्च सार्वजनिक गर्दै नगरस्तरीय क्वारेन्टाईन ब्यवस्थापन र खाद्यान्नमा ११ लाख ३ हजार ५६८, वडामार्फत ४ हजार ९०९ घरधुरीलाई खाद्यान्न राहत वितरण गरिएको जनाइएको छ ।

यस्तै, ४८ लाख ७१ हजार ३९२, मास्क सेनिटईजर भिटिएम किट, पिपिई र औषधीमा १५ लाख ३६ हजार २७८ अनुमगन तथा जोखिम भत्ता ४ लाख १८ हजार ५०६ रहेको छ ।

यस्तै आईसोलेशन ब्यवस्थापन तथा खाद्यान्न खर्चमा ४ लाख ७२ हजार ६०८, वडास्तरबाट भएको क्वारेन्टाईन ब्यवस्थापन तथा मास्क सेनिटाईजर तथा खाद्यान्न बितरणमा ६ लााख ५९ हजार ट सय, कोभिड संम्बन्धी प्रचार प्रसार ३२ हजार चार सय कारागारमा रहेका कैदीबन्दीलाई मास्क र सेनीटाईजरमा २० हजार एम्बुलेन्स संचालन भाडा ६९ हजार ५७५ रहेको छ ।

यसैगरी नगरपालिकाले कोरोना संक्रमित हुने लक्षित समुदाय दलित, मुस्लिम, जनजाति, गरिब र बिपन्न पविारलाई अस्पतालमा उपचारका लागि अस्पतालको प्रेप्क्रिप्सनको आधारमा विल खर्चको आधा रकम उपलब्ध गराउने भएको छ ।

संक्रमित भई कपिलवस्तु अस्पतालमा उपचार नभई नेपाल भित्र रहेका अन्य अस्पतालमा रिफर भई उपचार गर्नु परेमा बिल अनुसारको आधा रकम नगरपालिकाले दिने निर्णय गरिएको कपिलस्तु नगरपालिका नगर प्रमुख किरण सिहले बताएका छन् ।

यसैगरी कोरोनाको संक्रमण समुदायमा पनि भए पछि नगरपालिकामा कार्यरत जनप्रतिनिधि, स्थायी, अस्थायी र करार कर्मचारीहरुको कारोना बिमा गर्ने नगरपालिकाले गर्ने निर्णय गरिएको सिंहले जानकारी दिए ।

यस्तै खुट्टा भाँचिएर उपचार गराएकी बसेकी संचारकर्मी सोना खटिकलाइ उपचार खर्च बापत १० हजार सहयोग गर्ने समेत निणय भएको छ । संक्रमितले उपचार पश्चात विल भर्पाइ लिएर आएका लक्षित समुदायलाई नगरपालिकाले खर्च बापतको आधा रकम दिने प्रमुख प्रशाकीय अधिकृत हरि प्रसाद ज्ञवालीले बताएका छन् ।

यसैबीच मंगल सिद्धार्थ सामाजिक विकास केन्द्रले कपिलवस्तु नगरपालिकालाई बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

पालिकाभित्र फन्ट लाइनमा बसेर काम गर्ने स्वास्थ्य कर्मी लाई ध्यानमा राखेर संस्थाका अध्यक्ष तेजप्रसाद आर्चयले स्वास्थ्य सामाग्री नगरप्रमुख लाई हस्तान्तरण गरेका थिए ।

यसै गरी जिल्लाभित्र कृण्णनगर नगरपालिका, विजयनगर गाउपालिका, शिवराज नगरपालिका, वुद्धभुमी नगरपालिका, महाराज नगरपालिका, वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकामा स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको आर्चयले जानकारी दिएका छन ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ९ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको