१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यान्न, तरकारी बिक्री गर्न पाइने



काठमाडौँ । काठमाडौं उपत्यकाभित्र बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरू खुल्ने भएका छन् ।

उपत्यकाभित्रका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको हो ।

काठमाडौंमा भदौ ४ गतेदेखि १० गतेसम्म निषेधाज्ञा लागेको छ । यस समयमा प्रहरीले बिहानैदेखि पसलहरू बन्द गराएको गुनासो आएपछि सीडीओहरूले विक्रि समय छुट्याएका हुन् ।

बैठकले किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय गरेको भएको काठमाडौँका सीडीओ जनकराज दाहालले जानकारी दिए ।

औषधी पसलहरू भने जुनसुकै समयमा पनि खुल्नसक्नेछन् ।

उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि १० गतेसम्म निषेधाज्ञा लागेको हो

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ७ : २८ बजे

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार