२० मंसिर २०८२, शनिबार | December 6, 2025

बायर्न म्युनिखलाइ च्याम्सियन्स लिगको उपाधि



एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब पिएसजीलाई हराउँदै च्याम्सियन्स लिगको उपाधि उचालेको छ ।

च्याम्पियन्स लिग फुटबलको लिस्बोनमा आइतबार राति भएको फाइनलमा पिएसजीलाई १–० ले पराजित गरेर बार्यन म्युनिखले उपाधि उचालेको हो ।

छैटौँ पटक उपाधि उचाल्नका लागि ५९ औँ मिनेटमा किङ्गस्ली कोम्यानले गरेको गोल नै निर्णायक बन्यो।

पिएसजीबाट व्यवसायिक खेल जीवनको सुरुवाति गरी हाल जर्मन क्लबमा रहेका कोम्यानले उपाधि जित्ने आफ्नो पूर्व क्लबको सपना चकनाचुर पारी बार्यन म्युनिखलाई विजेता बनाएका हुन् ।

गएको नोभेम्बरमा सुरुमा अन्तरिम प्रशिक्षकका रुपमा जिम्मेवारीमा आएका बार्यनका प्रशिक्षक हान्सी फ्लीकका लागि आइतबारको रात उत्वस बनेर आयो ।

त्यस विपरित पिएसजी र दुई सुपरस्टार नेइमार तथा केलियन एमबाप्पेका लागि खराब रह्यो । उनीहरुले आफ्नो उत्कृष्ट खेल पस्किन सकेनन् ।

बार्यनका गोलरक्षक सामु उनीहरु कमजोर देखिए । पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि म्यान अफ दि म्याच भएका म्यानुएल नुएरले त्यसलाई रोके ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ६ : १५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय