११ श्रावण २०८३, सोमबार | July 27, 2026

पर्सामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



वीरगञ्ज । पर्सामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आईतबार गरिएको परीक्षणको राती अबेर आएको रिर्पोटमा पर्साका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिए ।

नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा। चौरसियाका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा आईतबार गरिएको ४३६ जनाको स्बाव परीक्षणमा पर्साका ३२ जना , बाराका ४ जना , सर्लाहीका १ जना र ठेगाना उल्लेख नगरिएका १ जना गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्सामा थपिएका ३२ जनामध्ये वीरगञ्ज महानगरपालिकाका २३ जना , कालिकामाई गाँऊपालिकाका ९ जना रहेका छन् । वीरगञ्ज महानगरपालिको वडा नम्बर १ र ४ का ४/४ जना , वडा नम्बर २ र ११ का ३/३ जना , वडा नम्बर १२ र २० का २/२ जना , वडा नम्बर ३, ५ , ६ ,१३ र १५ का १/१ जना रहेका छन् ।

नयाँ थपिएका बारा जिल्लाका ४ जना संक्रमितमा कोल्भी नगरपालिकाका ३ जना र महागढीमाईका १ जना त्यस्तैगरी सर्लाहीको रामनगर गाँऊपालिकाकाको १ जना रहेको नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिए ।

शनिबार थपिएका ४७ जना संक्रमित सहित पर्सामा कुल संक्रमितको संख्या २ हजार १ सय ९२ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ८ : ४२ बजे

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय