४ पुस २०८२, शुक्रबार | December 20, 2025

पर्सामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



वीरगञ्ज । पर्सामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आईतबार गरिएको परीक्षणको राती अबेर आएको रिर्पोटमा पर्साका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिए ।

नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा। चौरसियाका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा आईतबार गरिएको ४३६ जनाको स्बाव परीक्षणमा पर्साका ३२ जना , बाराका ४ जना , सर्लाहीका १ जना र ठेगाना उल्लेख नगरिएका १ जना गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्सामा थपिएका ३२ जनामध्ये वीरगञ्ज महानगरपालिकाका २३ जना , कालिकामाई गाँऊपालिकाका ९ जना रहेका छन् । वीरगञ्ज महानगरपालिको वडा नम्बर १ र ४ का ४/४ जना , वडा नम्बर २ र ११ का ३/३ जना , वडा नम्बर १२ र २० का २/२ जना , वडा नम्बर ३, ५ , ६ ,१३ र १५ का १/१ जना रहेका छन् ।

नयाँ थपिएका बारा जिल्लाका ४ जना संक्रमितमा कोल्भी नगरपालिकाका ३ जना र महागढीमाईका १ जना त्यस्तैगरी सर्लाहीको रामनगर गाँऊपालिकाकाको १ जना रहेको नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिए ।

शनिबार थपिएका ४७ जना संक्रमित सहित पर्सामा कुल संक्रमितको संख्या २ हजार १ सय ९२ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ८ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको