२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

आज रुपन्देहीमा ३२ जना संक्रमित थपिए



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा १३ महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालाबाट आएका रिर्पोटअनुसार आइतबार दिउसो साढे ४ बजेसम्म रुपन्देहीका ४ पालिका क्षेत्रका व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बुटवल उपमहानगरमा ९ जना महिला र १४ जना पुरुष गरी आज २३ जनामा संक्रमण पुष्टि भएको छ भने तिलोत्तमा नगरपालिकामा २ जना महिला र २ जना पुरुष गरी ४ जना, त्यस्तै सैनामैना नगरपालिमामा २ जना महिला र २ जना पुरुष गरी ४ जना र रोहिणी गाउपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लामा आज थपिएसँगै संक्रमितहरुको संख्या १२८८ पुगेको छ । त्यस्तै रुपन्देहीमा निको भएर घर फर्किनेको संख्या ६४५ रहेको छ ।
६२९ जनाले बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

रुपन्देहीमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ४ : ५८ बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५