११ श्रावण २०८३, सोमबार | July 27, 2026

आज रुपन्देहीमा ३२ जना संक्रमित थपिए



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा १३ महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालाबाट आएका रिर्पोटअनुसार आइतबार दिउसो साढे ४ बजेसम्म रुपन्देहीका ४ पालिका क्षेत्रका व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बुटवल उपमहानगरमा ९ जना महिला र १४ जना पुरुष गरी आज २३ जनामा संक्रमण पुष्टि भएको छ भने तिलोत्तमा नगरपालिकामा २ जना महिला र २ जना पुरुष गरी ४ जना, त्यस्तै सैनामैना नगरपालिमामा २ जना महिला र २ जना पुरुष गरी ४ जना र रोहिणी गाउपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लामा आज थपिएसँगै संक्रमितहरुको संख्या १२८८ पुगेको छ । त्यस्तै रुपन्देहीमा निको भएर घर फर्किनेको संख्या ६४५ रहेको छ ।
६२९ जनाले बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

रुपन्देहीमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ४ : ५८ बजे

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम

आजको मौसम : धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेकाले

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा