११ श्रावण २०८३, सोमबार | July 27, 2026

चौधरी ग्रुपको बर्दियास्थित चाउचाउ उद्योगका ४२ जना कर्मचारीमा कोरोना संक्रमण



बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकामा रहेको चौधरी ग्रुपको चाउचाउ उद्योगका ४२ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा सिजि ग्रुपका ४२ जना सहित जिल्लाका ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएका ४३ जना मध्ये ३४ जना बाँसगढी नगरपालिकाका, ४ जना बढैयाताल गाउँपालिका र ५ जना बर्दिया जिल्ला बाहिरका हुन् । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार संक्रमित पुष्टि भएका मध्ये ४२ जना बाँसगढीमा रहेको सिजी फुड कम्पनीमा कार्यरत कर्मचारी हुन् । संक्रमण पुष्टि भएकामा २९ जना महिला मात्र रहेका छन् ।

यस अघि सोही कम्पनीमा कार्यरत २ जनामा संक्रण पुष्टि भएको थियो । उनीहरुको सम्पर्ककोको आधारमा पिसिआर परिक्षण गर्दा धेरै जनामा संक्रमण देखिएको प्रमुख गिरीले बताए ।

बर्दियामा पहिलो पटक भारी मात्रामा कोरोना संक्रमण पुष्टि भएपछि कोभिड १९ संकट व्यवस्थापन समितिको वैठक बसेको छ । व्यवस्थापन समितिले बाँसगढी नगरपालिका पुरै शिल गरीएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका सुचना अधिकारी नारायण ढकालले नगरपालिकाको चारै सिमाना २२ गते विहान ६ बजे २८ गते सम्मको लागि पुर्ण रुपमा शिल गरीएको बताएका छन् ।

पुर्वपश्चिम राजमार्गको लागि अन्य जिल्लाबाट आवत जावत गर्नको लागि खुल्ला गरीएको छ । बर्दियामा हाल सम्म कुल संक्रमितको संख्या चार सय सात पुगेको छ ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ८ : ०० बजे

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील