११ श्रावण २०८३, सोमबार | July 27, 2026

एकाघरका ८ सहित ३२ जनामा कोरोना संक्रमण पुष्टिपछि बाँकेको खजुरामा निषेधाज्ञा



नेपालगन्ज । बाँकेको खजुरामा एकाघरका ८ जना सहित ३२ जनामा एकै पटक कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले खजुरा गाँउपालिकाको नेपालगन्ज गुलरिया सडक क्षेत्रमा पर्ने निश्चित क्षेत्रमा आज(सोमबार) राती १२ बजेबाट २७ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

भेरी अस्पताल प्रयोगशालामा भएको पीसीआर परीक्षण रिपोर्टमा खजुरा – ३ का एका घरका ६ जना, सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी १५ जना तथा ईलाका प्रहरी कार्यालयका प्रहरीहरु सहित ३२ जनामा एकैपटक कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आज निषेधाज्ञा जारी गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जारी गरेको निषेधाज्ञा आदेशमा नेपालगन्ज गुलरिया सडकको कपास बिकास समितिबाट बीपी प्रतिक्षलय सम्मको सडकको ५ सय मिटर दायाँबाँयाको क्षेत्रमा निषेधाज्ञा लागु हुने उल्लेख गरिएको छ । निषेधाज्ञामा सरकारले तोकेको अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द रहने, आवत जावत गर्न नपाईने तथा बैंक तथा बित्तीय संस्थाहरु समेत संचालन गर्न नपाउने गरि निषेध गरिएको लेखिएको छ ।

प्रशासनको आदेश उल्लंघन गरेका संक्रामक ऐन तथा स्थानीय प्रशासन ऐन अनुसार कारवाहि गरिने आदेसमा उल्लेख छ ।

निषेधाज्ञामा स्वास्थ्य, सुरक्षा, बिद्युत, दुरसञ्चार, खानेपानी, फोहरमैला, ग्याँस, पेट्रोलियम पदार्थ, औषधी, एटीएम तथा डेरी बाहेकका सबै सेवाहरु बन्द रहने जनाइृएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ३ : ३१ बजे

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील