२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एकाघरका ८ सहित ३२ जनामा कोरोना संक्रमण पुष्टिपछि बाँकेको खजुरामा निषेधाज्ञा



नेपालगन्ज । बाँकेको खजुरामा एकाघरका ८ जना सहित ३२ जनामा एकै पटक कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले खजुरा गाँउपालिकाको नेपालगन्ज गुलरिया सडक क्षेत्रमा पर्ने निश्चित क्षेत्रमा आज(सोमबार) राती १२ बजेबाट २७ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

भेरी अस्पताल प्रयोगशालामा भएको पीसीआर परीक्षण रिपोर्टमा खजुरा – ३ का एका घरका ६ जना, सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी १५ जना तथा ईलाका प्रहरी कार्यालयका प्रहरीहरु सहित ३२ जनामा एकैपटक कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आज निषेधाज्ञा जारी गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जारी गरेको निषेधाज्ञा आदेशमा नेपालगन्ज गुलरिया सडकको कपास बिकास समितिबाट बीपी प्रतिक्षलय सम्मको सडकको ५ सय मिटर दायाँबाँयाको क्षेत्रमा निषेधाज्ञा लागु हुने उल्लेख गरिएको छ । निषेधाज्ञामा सरकारले तोकेको अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द रहने, आवत जावत गर्न नपाईने तथा बैंक तथा बित्तीय संस्थाहरु समेत संचालन गर्न नपाउने गरि निषेध गरिएको लेखिएको छ ।

प्रशासनको आदेश उल्लंघन गरेका संक्रामक ऐन तथा स्थानीय प्रशासन ऐन अनुसार कारवाहि गरिने आदेसमा उल्लेख छ ।

निषेधाज्ञामा स्वास्थ्य, सुरक्षा, बिद्युत, दुरसञ्चार, खानेपानी, फोहरमैला, ग्याँस, पेट्रोलियम पदार्थ, औषधी, एटीएम तथा डेरी बाहेकका सबै सेवाहरु बन्द रहने जनाइृएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ३ : ३१ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती