११ श्रावण २०८३, सोमबार | July 27, 2026

बाँकेमा एकै दिन २ जना कोरोना संक्रमितको मृत्यु, ८० वर्षीया मृतकको मृत्युपछि संक्रमण पुष्टि



नेपालगन्ज । बाँकेमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत नेपालगन्ज १६ की ८० वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

आज बिहान ७ बजे मृत्यु भएकी महिलाको मध्यान्ह ३ः३० बजे मात्र कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

गत भाद्र २१ गते स्वास्थ्यमा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएकी महिलाको २२ गते स्वाव संकलन गरि पीसीआर परीक्षणमा पठाईएकोमा आज बिहान उनको मृत्यु भएको थियो भने पीसीआरको रिपोर्ट मध्यान्ह पछि आएको थियो ।

मृतक महिलामा पहिलेदेखि नै उच्च रक्तचाप र मधुमेहको समस्या रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बताए ।

आजै मात्र मेडिकल कलेजमा अर्घाखाँचीको संक्रमित टिप्पर चालकको पनि मृत्यु भएको थियो । यो संगै बाँकेमा मृत्यु हुने संक्रमितको संख्या ८ पुगेको छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ४ : ५४ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले