१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बाँकेमा ७७ जना डिस्चार्ज हुँदा एकै दिन थपिए ७३ कोरोना संक्रमित



नेपालगन्ज । ७७ जना कोरोना संक्रमितलाई संक्रमण मुक्त भएर डिस्चार्जको किर्तिमान कायम गरेको बाँकेमा बुधबार सांझ सम्म फरि ७३ जना कोरोना संक्रमति थपिएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार बुधबार पटक पटक गरिआएको पीसीआर परीषणको रिपोर्टमा ७३ जनाको संक्रमण पुष्टि भएको छ । उच्च अदालत नेपालगन्जका १२ जना कर्मचारी सहित ५२ जना पहिलो लटमा, नेपालगन्जका २ जना दोस्रो लटमा र नेपालगन्ज र कोहलपुर समेत गरि १९ जना तेस्रो लटमा पीसीआरको रिपोर्ट आउंदा साँझ सम्ममा संक्रमितको संख्या ७३ पुगेको छ । बुधबार पुष्टि भएको केहि संक्रमित बर्दियाका समेत छन् । उच्च अदालतमा पुष्टि भएका संक्रमितमा ५ जना सुरक्षाकर्मी र ३ जना अदालतका कर्मचारी हुन् । २ जना सुरक्षाकर्मी नयाधिसका पीएसओ भएको अदालत श्रोतले बताएको छ ।

बाँकेबाट आजै ७७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका थिए । बाँकेमा संक्रमितको संख्या १३४५ पुगेको छ भने ९१५ जना कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ९ : ११ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत