१० श्रावण २०८३, आइतबार | July 27, 2026

ढोरपाटन बाढीपीडितलाई यथाशिघ्र पुनर्स्थापना गर्न सरकारलाई नेता दीनानाथ शर्माको आग्रह



काठमाडौं । राष्ट्रिय सभामा सत्तापक्ष दलका नेता दीनानाथ शर्माले ढोरपाटन बाढीपीडितलाई राहत उद्दार र पुनर्स्थापनाका लागि यथाशिघ्र पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।

बागलुङ समाजले बिहीबार राति आयोजना गरेको भर्चुअल अन्तर्कियामा नेता शर्माले बाढीले बिध्वंश गरेकको स्थानको भौतिक संरचना निर्माणको काम राज्यले गर्नुपर्ने बताए ।

अहिले हाम्रा दाजुभाइ दिदीबहिनीहरू संकटमा परेको बताउँदै नेता शर्माले विदेशमा बस्ने बागलुङबासीले थालेको सहयोग पहलको स्वागत गरे । यस्तो सहयोगले पीडितलाई पुनर्स्थापना गर्न सहयोग पुग्ने विश्वास गरे ।

बागलुङबासी मानवीय सेवाभावले सहयोगका लागि जहिले पनि अग्रसर हुने गरेको स्मरण गर्दै शर्माले पीडितका लागि संकलन गरिएको राहत सहयोग पारदर्शी ढंगले पीडितसँग पुग्ने विश्वास व्यक्त गरे ।

नेता शर्माले हालसम्म वेपत्ता भएकाहरूको खोजिकार्य तिब्र बनाउन र उद्दार एवं  कुनै कमि नगर्न  सरकारसँग आग्रह गरे ।

हालैमात्र बाढी पहिरो स्थलको स्थलगत अवलोकन गरेका त्यसै क्षेत्र (बागलुङ क्षेत्र नं. २) का सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपत्तिले ठूलो मानवीय र भौतिक क्षति भएको बताए । सांसद पौडेलले पीडितलाई तत्काल राहतका साथ पुनर्स्थापना गर्ने प्रतिवद्धता जनाए ।

नेपाली काँग्रसका युवा नेता किरण पौडेलले घटना लगत्तै आफुहरू उद्दार र राहतमा जुटेको बताए । सबै पीडितलाई समान ढंगले राहत वितरण र भोलिको दिनमा हुने पुनर्स्थापनामा गर्नुपर्ने पौडेलले जिकिर गरे ।

अन्तर्कियामा गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले संघको तर्फबाट ५ लाख रूपैयाँ सहयोग दिने घोषणा गरे ।

महासचिव शर्माले पीडितहरूको सहयोगका लागि एनसीसीहरूलाई आग्रह समेत गरे ।

१५ देशमा रहेका ४० जना भन्दा बढी सहभागि अन्तर्कियामा सहभागिहरूले विपत्तिमा परेका जिल्लावासी जनतालाई सहयोग गर्न आतुर रहेको बताएका थिए ।  तर, संकलित रकम पारदर्शी ढंगले प्रयोग हुनुपर्ने उनीहरूले जिकिर गरे ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  १० : १० बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले