२३ श्रावण २०८३, शनिबार | August 8, 2026

लायन्स क्लव अफ बुटवल क्यापिटलद्धारा सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री प्रदान



बुटवल । लायन्स क्लव अफ बुटवल क्यापिटलद्धारा रुपन्देहीका सुरक्षाकर्मीहरुलाई सुरक्षा सामाग्री प्रदान गरिएको छ ।

कोरोना नियन्त्रणका लागि अग्र भागमा खटिनु पर्ने सुरक्षा कर्मीलाई राहात प्रदान होस भन्ने उद्देश्यले सुरक्षा सामाग्री प्रदान गरिएको लायन्स क्लव अफ बुटवल क्यापिटलकी अध्यक्ष रीता केसीले बताइन ।

शुक्रवार ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित राठौरलाई साढे २ लिटर सेनिटाईजर ३ सय पीस सर्जिकल मास्क, प्रदान गरेको संस्थाका सचिव प्रकाश खनालले बताए ।

त्यसैगरि ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायव निरिक्षक रुम बहादुर केसी, देविनगर प्रहरी चौकीका प्रमुख भरत थापा, डाईवरटोल चौकीका प्रमुख राम बहादुर थापा ,प्रहरी चौकी योगिकुटीका प्रमुख विमला नेपाली, नयाँगाउँ प्रहरी चौकीका प्रमुख गोकर्ण चौहान बुटवल नयाँ बसपार्कका प्रहरी हल्दार गौरव भुजेललाई सुरक्षा सामाग्री प्रदान गरिएको छ ।

सम्बन्धित कार्यालयमा पुगी सुरक्षा सामाग्री प्रदान गरिएको हो । उक्त कार्यमा संस्थाकी उपाध्यक्ष मीना जि.सी, कोषाध्यक्ष धर्मराज शर्मा, सहकोषाध्यक्ष प्रभा अर्याल, सावित्री न्यौपाने लगायतको सहभागितामा करिव ३० हजार बरावरको सुरक्षा सामाग्री प्रदान गरिएको क्लबले जनाएको छ ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ९ : १२ बजे

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै