१० श्रावण २०८३, आइतबार | July 26, 2026

बर्दियामा अहिलेसम्म कै धेरैजनामा कोरोना संक्रमण



गुलरिया । बर्दियामा अहिले सम्म कै धेरै जनामा कोरोना संक्रमित पुष्टि भएका छन । पछिल्लो २४ घण्टामा बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा गरी बढि कोरोना संक्रमित फेला परेका हुन ।

राप्ती विज्ञान प्रतिष्ठान दाङ्गमा गरीएको गरीएको परिक्षणमा बाँसगढी नगरपालिकाका ५८ जना र बढैयाताल गाउँपालिकाका ३ जना गरी ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै चौधरी ग्रुपले सञ्चालन गरेको चाउचाउ उद्योगका कर्मचारीको परिवारका सदस्यहरु हुन् । चौधरी ग्रुपकाका ४२ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएका थिए ।

उनीहरुको सम्पर्कमा रहेका घरपरिवारका सदस्यहरुको स्वाव परिक्षण गर्दा कोरोना संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए ।

पछिल्लो पटक थपिएका सबै समुदायका व्यक्ति हुन् । बर्दियामा हालसम्म ५१५ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ३३५ जना निको भइ घर फर्किसकेका छन् । भारी मात्रामा कोरोना संक्रमित फेला परेपछि बाँसगढी नगरपालिकामा थप तिन दिन निषेधाज्ञा थप गरीएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले थप तिन दिन निषेधाज्ञा गर्ने निर्णय गरेको सुचना अधिकारी नारायण ढकालले बताएका छन् । बाँसगढी नगरपालिकामा गत भदौ २२ गतेबाट निषेधाज्ञा जारी गरीएको थियो । आगामी भदौ ३१ गते मध्यराती सम्म निषेधाज्ञा जारी रहने छ ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ७ : ५९ बजे

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस