२२ भदौ २०८३, सोमबार | September 7, 2026

रुपन्देहीमा थपिए ७६ नयाँ कोरोना संक्रमित, कुल संक्रमित संख्या २ हजार नजिक



बुटवल । रुपन्देहीमा शुक्रबार कोरोना संक्रमणको रफ्तारले गति लिएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरले सबै स्थानीय तहलाई उछिन्दै ४५ जना नयाँ कोरोना संक्रमित थपेको छ भने रोहिणी गाँउपालिकामा १४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरी तिलोत्तमा नगरपालिकामा ९ जना, सिद्धार्थनगर नगरपालिकामा ३ जना तथा देवदह नगरपालिका, कञ्चन गाउपालिका, सियारी गाँउपालिका, सैनामैना नगरपालिका र ओमसतिया गाँउपालिकामा १।१ जना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा शुक्रबार ७६ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १९४२ पुगेको छ । जिल्लामा २० जनाको संक्रमणबाट मृत्यु भईसकेको छ । हाल ७६५ जना संक्रमितहरुले बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ६ : ०३ बजे

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

कर्णाली । यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले