१८ माघ २०८२, आइतबार | February 1, 2026

रुपन्देहीमा थपिए ७६ नयाँ कोरोना संक्रमित, कुल संक्रमित संख्या २ हजार नजिक



बुटवल । रुपन्देहीमा शुक्रबार कोरोना संक्रमणको रफ्तारले गति लिएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरले सबै स्थानीय तहलाई उछिन्दै ४५ जना नयाँ कोरोना संक्रमित थपेको छ भने रोहिणी गाँउपालिकामा १४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरी तिलोत्तमा नगरपालिकामा ९ जना, सिद्धार्थनगर नगरपालिकामा ३ जना तथा देवदह नगरपालिका, कञ्चन गाउपालिका, सियारी गाँउपालिका, सैनामैना नगरपालिका र ओमसतिया गाँउपालिकामा १।१ जना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा शुक्रबार ७६ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १९४२ पुगेको छ । जिल्लामा २० जनाको संक्रमणबाट मृत्यु भईसकेको छ । हाल ७६५ जना संक्रमितहरुले बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ६ : ०३ बजे

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर