१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बाँकेमा ३२ जना कोरोना संक्रमित थपिए



नेपालगञ्ज । बाँकेस्थित तीनवटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बिहीबारर ३२ जनामा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पतालको परीक्षणमा १२, मेडिकल कलेज कोहलपुरको परीक्षणमा १८ र बागेश्वरी ल्याबको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालले १ सय ३१ जनाको परीक्षण गर्दा १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो । सबै संक्रमित बाँकेकै रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या १७३४ पुगेको छ । आज बाँकेमा १९ जना संक्रमित निको भएर घर फर्किएका छन । ११ जना बाँकेका र ५ जना अन्य जिल्लाका गरी हालसम्म १६ जनाको मृत्यु भएको छ ।

हालसम्म जिल्लामा ३६७ जना संक्रमित निको भएर घर फर्किएका छन ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ५ : २४ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।