२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बाँकेमा ३२ जना कोरोना संक्रमित थपिए



नेपालगञ्ज । बाँकेस्थित तीनवटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बिहीबारर ३२ जनामा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पतालको परीक्षणमा १२, मेडिकल कलेज कोहलपुरको परीक्षणमा १८ र बागेश्वरी ल्याबको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालले १ सय ३१ जनाको परीक्षण गर्दा १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो । सबै संक्रमित बाँकेकै रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या १७३४ पुगेको छ । आज बाँकेमा १९ जना संक्रमित निको भएर घर फर्किएका छन । ११ जना बाँकेका र ५ जना अन्य जिल्लाका गरी हालसम्म १६ जनाको मृत्यु भएको छ ।

हालसम्म जिल्लामा ३६७ जना संक्रमित निको भएर घर फर्किएका छन ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ५ : २४ बजे

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले