२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बबई बहुमुखी क्याम्पस बर्दियाका क्याम्पस प्रमुखको कोरोना संक्रमणबाट मृत्यु



नेपालगन्ज । बर्दियाबाट थप उपचारका लागि भेरी अस्पताल पुग्दै गर्दा बबई बहुमुखी क्याम्पस बर्दियाका क्याम्पस प्रमुखको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बर्दियाको गुलरियामा होम आइसोलेसनमा बसेका ५० वर्षिय उनको बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

गत असोज ५ गते स्वास्थ्यमा समस्या आएपछि स्वाव संकलन गरि भेरी अस्पताल पठाईएकोमा आसोज ७ बजे बर्दिया गुलरिया(७ का उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएदेखि नै उनी होम आइसोलेसनमा बसेका थिए । शनिबार समस्या बढी देखिएपछि थप ृपचारका लागि भेरी अस्पताल नेपालगन्ज पुग्दै गर्दा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

बिगत २ वर्ष देखि फोक्सोको बिरामी रहेका उनको भारतको दिल्लीबाट उपचार जारी रहेको पारिवारिक श्रोतले बताएको छ । मृतक बर्दिया सदरमुकाम गुलरियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुख रहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियालाई उद्दृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय बाँकेले प्रेस नोटमा जानकारी गराइएको छ ।

बाँकेमा यस अघि जिल्ला बाहिरबाट उपचारका लागि आएका ५ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा बर्दियाका मात्र ३ जना छन् ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ४ : ५३ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको