१० श्रावण २०८३, आइतबार | July 27, 2026

चितवनमा संक्रमितको संख्या २००० को नजिक, भरतपुर महानगर अग्रस्थानमा



चितवन । चितवनमा कोरोना संक्रमितको संख्या दुई हजारको नजिक पुगेको छ । शनिबार दिउँसोसम्ममा चितवनमा कुल संक्रमितको संख्या एक हजार ७ सय ५२ रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा हरेक दिन संक्रमितको संख्याबढ्दै गएको छ ।

भरतपुर महानगरपालिकाले चितवनमा सबै पालिकाहरुलाई उछिन्दै सबै भन्दा बढी कोरोना संक्रमितको पालिका बनेको तथ्याँकले देखाएको छ । महानगरमा शनिबार मध्यान्ह सम्म कुल संक्रमितको संख्या एक हजार ८८ पुगेको छ । चितवनको रत्ननगर नगरपालिकामा कुल संक्रमितको संख्या २७९ रहेको छ भने राप्ती नगरपालिकामा कुल संक्रमितको संख्या १३२ रहेको छ । रत्ननगरका मेयर नारायण वन संक्रमित भएपछि अहिले उनी होम आइसोलेसनमा रहेका छन् ।

यस्तै खैरहनी नगरपालिकामा १२३ जना, कालिका नगरपालिकामा ६२ जना माडी नगरपालिकामा संक्रमितको संख्या ५६ रहेको छ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा १२ जना संक्रमित भेटिएका छन् । जिल्लामा शनिबार सम्म १८ जना कोरोना संक्रमितको ज्यान गईसकेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १० : २६ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले