१ पुस २०८२, मंगलबार | December 16, 2025

चितवनमा संक्रमितको संख्या २००० को नजिक, भरतपुर महानगर अग्रस्थानमा



चितवन । चितवनमा कोरोना संक्रमितको संख्या दुई हजारको नजिक पुगेको छ । शनिबार दिउँसोसम्ममा चितवनमा कुल संक्रमितको संख्या एक हजार ७ सय ५२ रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा हरेक दिन संक्रमितको संख्याबढ्दै गएको छ ।

भरतपुर महानगरपालिकाले चितवनमा सबै पालिकाहरुलाई उछिन्दै सबै भन्दा बढी कोरोना संक्रमितको पालिका बनेको तथ्याँकले देखाएको छ । महानगरमा शनिबार मध्यान्ह सम्म कुल संक्रमितको संख्या एक हजार ८८ पुगेको छ । चितवनको रत्ननगर नगरपालिकामा कुल संक्रमितको संख्या २७९ रहेको छ भने राप्ती नगरपालिकामा कुल संक्रमितको संख्या १३२ रहेको छ । रत्ननगरका मेयर नारायण वन संक्रमित भएपछि अहिले उनी होम आइसोलेसनमा रहेका छन् ।

यस्तै खैरहनी नगरपालिकामा १२३ जना, कालिका नगरपालिकामा ६२ जना माडी नगरपालिकामा संक्रमितको संख्या ५६ रहेको छ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा १२ जना संक्रमित भेटिएका छन् । जिल्लामा शनिबार सम्म १८ जना कोरोना संक्रमितको ज्यान गईसकेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १० : २६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज