१७ माघ २०८२, शनिबार | January 31, 2026

बाँकेमा झण्डै ८० प्रतिशत कोरोना संक्रमित कोरोना मुक्त, आईतबार २३ जना डिस्चार्ज



नेपालगन्ज । शनिबार ३० जना नयाँ कोरोना संक्रमित थपिएको बाँकेमा आईतबार २३ जना कोरोना मुक्त भएर घर फर्केका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आईतबारसम्म लगातार १४ दिन लक्षण नदेखिएका २३ जनालाई डिस्चार्ज गरिएको छ । आज डिस्चार्ज हुनेमा खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति सहित २३ जना छन् । अध्यक्ष कक्षपतिका परिवारहरुपनि आजै डिस्चार्ज हुदैछन । कोरोनालाई जितेर घर फर्कनेमा नेपालगन्ज मेडिकल कलेजका डाक्टर, अन्य स्वास्थ्यकर्मि लगाएत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमण पुष्टि भएपछि बाँकेका बिभिन्न आइसोलेसनमा बसेर उपचाररत उनीहरुमा लगातार १४ दिन सम्म कोरोनाको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

बाँकेमा कुल कोरोना संक्रमितको संख्या १८०५ पुग्दा १४३४ जना कोरोना मुक्त भएर घर फर्केका छन् । १२ जना कोरोना संक्रमितको ज्यान गएको बाँकेमा ३५९ जनाले अहिले पनि बिभिन्न अस्पताल तथा आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् । बाँकेमा संक्रमित बन्ने र निको हुनेको दर ७९ दशमलब ४५ प्रतिशत रहेको छ भने मृत्यु दर ० दशमलव ६६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : २१ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक