१७ माघ २०८२, शनिबार | January 31, 2026

बाँकेमा बुधबार ३४ जनाको डिस्चार्ज, ३४० जना आइसोलेसनमा उपचार गराउँदै



नेपालगन्ज । बाँकेबाटआज पनि ३४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । जन स्वास्थ्य कार्यालय बाँकेका अनुसार बुधवार बाँकेबाट १७ महिला र १७ पुरुष गरी ३४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

गत भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न आइसोलेशनमा राखिएका उनीहरुले मापदण्ड अनुसार १४ दिन पुरा गरेको हुँदा डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ४१ पुगेको छ ।

विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ९ सहित ३ सय ४० जना सक्रिय संक्रमित उपचाररत रहेको श्रेष्ठले जानकारी दिए । बाँकेमा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ८ सय ८७ रहेको छ भने १५ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : २४ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक