२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड प्रयास



बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढ्ने गाडी तोडफोड प्रयास भएको छ ।

प्रदेशको राजधानी बुटवलबाट दाङको भालुबाङ सार्ने सरकारको निर्णय विरूद्ध प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आज रूपन्देही बन्दको आयोजना गरेको थियो  ।

बन्दकै क्रममा बुटवलकाे राजमार्ग चाैक नजिकै प्रदेश ५ का मुख्यमन्त्री चढ्दै आएकाे गाडीमा ढुंगा प्रहार गरिएको हो । साँझ साढे ६ बजेतिर हानिएको  ढुंगा लागेर गाडीमा केही क्षति पुगेकाे छ ।

प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर मुख्यमन्त्रीको स्कटिङमा रहेका प्रहरीका दुइ गाडीमा क्षति पुगेको छ ।

शनिबार काठमाडौं गएका मुख्यमन्त्री पोखरेल काठमाडौंबाट जहाजमा भरैरहवा हुँदै स्कटिङसहित बुटवल फर्किँदै थिए । ढुंगा प्रहारपछि मुख्यमन्त्री र अन्य गाडीलाई प्रहरी तालिम केन्द्रमा लगिएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा कांग्रेस युवा नेता एवं प्रदेशसभा सदस्यका उम्मेदवार विष्णु पोखरेल, नेविसंघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, सञ्चारकर्मी कमला पाण्डेसहित ६ जनालाई पक्राउ गरेको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताए ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : ०७ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट