२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या ११ लाख नाघ्‍यो



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण सम्बन्धी अपडेट गराउँदै आएको वल्डोमिटरका अनुसार शुक्रबार कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख नाघेको हो ।

अहिले विश्वभर संक्रमितको संख्या भने ३ करोड ९१ लाख पुगेको छ । जसमध्ये दुई करोड ९३ हजारले कोरोना जितेका छन् । सक्रिय संक्रमितमध्ये ७० हजार बढीको अवस्था जटिल छ भने बाँकी ८६ लाख बढीको अवस्था सामान्य छ ।

वसुरुमा चीनको वुहानमा देखिएको कोरोना यूरोप अमेरिका हुँदै एसियामा भयावह अवस्थामा फैलिरहेको छ ।

विश्वभर अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ८२ लाख मानिसमा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमितमध्ये सबैभन्दा बढी अमेरिकामै दुई लाख २२ हजार बढीको मृत्यु भएको छ ।

नेपालसँग खुला सीमा रहेको छिमेकी देश भारतमा मात्र ७३ लाख ६५ हजारमा संक्रमण पुष्टि भएको छ । जहाँ एक लाख १२ हजारको कोरोनाले मृत्यु भएको छ । भारतमा ६४ लाख ४ हजारले भने कोरोना जितेका छन ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित भए पनि कोरोनाले धेरै मृत्यु भएको देश ब्राजिल हो । ब्राजिलमा १ लाख ५२ हजारको मृत्यु भइसकेको छ । जहाँ ५१ लाख ६९ हजारमा संक्रमण पुष्टि भएको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८८ हजार संक्रमित थपिएका छन् भने ५ हजार ९ सय बढीको मृत्यु भएको छ । पहिलो पटक संक्रमण देखिएको आठ महिनामा नेपालमा संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ । जसमध्ये ८४ हजार ५१८ जनाले कोरोना जितेका छन् भने ६९४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र नेपालमा ३७ सय ४९ जनामा संक्रमण पुष्टि हुँदा १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : १९ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन