११ श्रावण २०८३, सोमबार | July 28, 2026

कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या ११ लाख नाघ्‍यो



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण सम्बन्धी अपडेट गराउँदै आएको वल्डोमिटरका अनुसार शुक्रबार कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख नाघेको हो ।

अहिले विश्वभर संक्रमितको संख्या भने ३ करोड ९१ लाख पुगेको छ । जसमध्ये दुई करोड ९३ हजारले कोरोना जितेका छन् । सक्रिय संक्रमितमध्ये ७० हजार बढीको अवस्था जटिल छ भने बाँकी ८६ लाख बढीको अवस्था सामान्य छ ।

वसुरुमा चीनको वुहानमा देखिएको कोरोना यूरोप अमेरिका हुँदै एसियामा भयावह अवस्थामा फैलिरहेको छ ।

विश्वभर अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ८२ लाख मानिसमा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमितमध्ये सबैभन्दा बढी अमेरिकामै दुई लाख २२ हजार बढीको मृत्यु भएको छ ।

नेपालसँग खुला सीमा रहेको छिमेकी देश भारतमा मात्र ७३ लाख ६५ हजारमा संक्रमण पुष्टि भएको छ । जहाँ एक लाख १२ हजारको कोरोनाले मृत्यु भएको छ । भारतमा ६४ लाख ४ हजारले भने कोरोना जितेका छन ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित भए पनि कोरोनाले धेरै मृत्यु भएको देश ब्राजिल हो । ब्राजिलमा १ लाख ५२ हजारको मृत्यु भइसकेको छ । जहाँ ५१ लाख ६९ हजारमा संक्रमण पुष्टि भएको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८८ हजार संक्रमित थपिएका छन् भने ५ हजार ९ सय बढीको मृत्यु भएको छ । पहिलो पटक संक्रमण देखिएको आठ महिनामा नेपालमा संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ । जसमध्ये ८४ हजार ५१८ जनाले कोरोना जितेका छन् भने ६९४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र नेपालमा ३७ सय ४९ जनामा संक्रमण पुष्टि हुँदा १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : १९ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला