४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालगन्जमा १८ वर्षीया किशोरीसहित थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु



नेपालगन्ज । बाँकेस्थित भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका-१०, भृकुटीनगर, का ६१ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका-१८, कारकाँदो की १८ वर्षीया किशोरीको पनी उपचारकै क्रममा मृत्यु भएको छ ।

भृकुटीनगर निवासी ६१ वर्षीय वृद्ध पुरुषको शनिवार राति ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

असोज २५ गते अस्पताल भर्ना भएका वृद्ध पुरुषको श्वासप्रश्वासमा समस्या थियो । संक्रमित पुरुषलाई प्लाजामा थेरापी लगायत सबै प्रकारको उपचार दिदै गर्दा समेत विरामीको अवस्थामा सुधार नआएपछी आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको श्रेष्ठले खबरकुरालाई बताए ।

मृतक पुरुषको असोज २४ गते स्वाब संकलन गरिएको थियो भने पीसीआर रिपोर्टअसोज २५ गते पोजिटिभ आएको थियो ।

त्यस्तै असोज २९ गते अस्पताल भर्ना भएकी कारकाँदो निवासी १८ वर्षीया किशोरीको शनिबार राति ९:३० बजे मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखीएको संक्रमित किशोरीलाई उपचार दिदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछी आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको फोकल श्रेष्ठले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

 

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ६ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको