४ पुस २०८२, शुक्रबार | December 20, 2025

बर्दियाका कोरोना संक्रमित पुरुषको नेपालगन्जमा मृत्यु



नेपालगन्ज । बर्दियाका कोरोना संक्रमित पुरुषको नेपालगन्जमा मृत्यु भएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका-६ का ४२ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा आइतबार विहान ३ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनले असोज १५ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा स्वाव दिएका थिए । १६ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई त्यसैदिन कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको थियो । डेंगुको संक्रमण समेत रहेका ती पुरुषको ११ दिन कोहलपुरमै उपचार गरिएको थियो ।

भेन्टिलेटर सहितको थप उपचारका लागि उनलाई २७ गते भेरी अस्पताल नेपालगन्ज ल्याइएको थियो । उनलाई पलाज्मा थेरापीबाट समेत उपचार गरिएको श्रेष्ठले बताए ।
योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको