१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रुपन्देहीका आज पनि थपिए १८७ कोरोना संक्रमित, बुटवलमा मात्र ७० जना संक्रमित थपिए



बुटवल । रुपन्देहीमा हरेक दिन कोरोना संक्रमित थपिनेको संख्या उकालो लागेको छ । बुधबार पनि रुपन्देहीमा १८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बुधबार जिल्लामा ६८ महिला र ११९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार पनि बुटवल उपमहानगरमा सबैभन्दा बढी ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीको तिलोत्तमामा ३८ जना, सिद्धार्थनगरमा २३ जना, सैनामैनामा १४ जना, देवदह र कोटहिमाईमा १२।१२ जना, ओमसतियामा ३ जना, रोहिणीमा २ जना तथा सुद्धोधन, सियारी र कन्चनमा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएसँगै रुपन्द्येहीका कुल संक्रमितको संख्या ५३४७ पुगेको छ । जिल्लामा ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३०१९ जना कोरोना मुक्त भएर घर फर्केका छन् । रुपन्देहीमा जिल्ला र जिल्ला बाहरिका समेत गरि २२६९ जना संक्रमितहरुले होम आइसोलेसन, कोरोना अस्पताल र स्थानीयतहले संयोजन गरेको बिभिन्न आइसोलेसनमा बसेर कोरोना मुक्तिको दिन पर्खिरहेक छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ९ : ३६ बजे

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने