१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बाँकेमा २२८जना डिस्चार्ज हुँदा १३ जना नयाँ कोरोना संक्रमित थपिए



नेपालगन्ज । बाँकेमा एकै दिन दुई चरणमा गरि २२८ जनालाई डिस्चार्ज दिईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो परिपत्र अनुसार १० दिन आइसोलेसन बसेका लक्षण नदेखिएकाहरुलाई डिस्चार्ज दिने निर्देशन अनुसार डिस्चार्ज दिईएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

गत असोज २८ र २९ गते कोरोना पुष्टि भएर आइसोलेनमा बसेका ७१ जनालाई आईतबार साँझ दोस्रो चरणमा डिस्चार्ज दिईएको छ । आइृतबार बिहानै १५७ जना कोरोना संक्रमितलाई बिदाई गरिएको थियो ।

यसैबीच बाँकेमा आईतबार थप १३ जनामा कोरोना भाईरस संक्रमण थपिएका छन् । शुक्रबार र शनिबार संकलन गरिएको स्वावको रिपोर्ट अनुसार आईतबार १३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड(१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा आईत्बार बिहान बाँकेका ३ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरीएको परिक्षणमा सांझ थप १० जनामा संक्रमण देखिएको हो । आज थपिएसँगै बाँकेमा कोरोना संक्रमितको कुल सँख्या २९९० पुगेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

विभिन्न आइसोलेसन केन्द्रमा अब ३७५ सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ९९० रहेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

आईतबार नै जिल्लामा

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : ३२ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से