१७ बैशाख २०८२, बुधबार | April 30, 2025

रुपन्देहीमा ८४ नयाँ संक्रमित थपिए, बुटवल उपमहानगरमा मात्रै ३५ जना



बुटवल । रुपन्देहीमा मंगलबार ८४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको अपडेट अनुसार संक्रमित हुनेहरुमा ३७ जना महिला र ४७ जना पुरुष रहेका छन् ।

सबैभन्द धेरै बुटवल उपमहानगरपालिकाका १७ महिला र १८ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

यसैगरी सिद्धार्थ नगर नगरपालिकामा १० जना महिला र १२ जना पुरुषलाई संक्रमण भएको छ भने तिलोत्तमामा ८ जना महिला र १३ जना पुरुष संक्रमित भएका छन् ।

यस्तै, देवदहमा १ जना महिला, सैनामैनामा ३ जना पुरुष र ओमसतिया गाउँपालिकामा एक महिला र एक पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा हालसम्म संक्रमितको संख्या ५ हजार ९१८ पुगेको छ । जसमध्ये ६८ जनाको मृत्यु भएको छ भने ३ हजार २७ जना निको भएका छन् ।

आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार १२३ रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : ३८ बजे

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारबाट नागरिक उन्मुक्ति बाहिरिने

गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश

शिक्षा मन्त्रालयमा शिक्षक र सरकारबीच वार्ता

काठमाडौं। सरकार र आन्दोलनरत शिक्षक महासंघबीच वार्ता भैरहेको छ ।

रेशम चौधरी डिल्लीबजार कारागार चलान

काठमाडौं । पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ, एकता सभा स्थगित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ पर्नुभएको