१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रुपन्देहीमा ८४ नयाँ संक्रमित थपिए, बुटवल उपमहानगरमा मात्रै ३५ जना



बुटवल । रुपन्देहीमा मंगलबार ८४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको अपडेट अनुसार संक्रमित हुनेहरुमा ३७ जना महिला र ४७ जना पुरुष रहेका छन् ।

सबैभन्द धेरै बुटवल उपमहानगरपालिकाका १७ महिला र १८ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

यसैगरी सिद्धार्थ नगर नगरपालिकामा १० जना महिला र १२ जना पुरुषलाई संक्रमण भएको छ भने तिलोत्तमामा ८ जना महिला र १३ जना पुरुष संक्रमित भएका छन् ।

यस्तै, देवदहमा १ जना महिला, सैनामैनामा ३ जना पुरुष र ओमसतिया गाउँपालिकामा एक महिला र एक पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा हालसम्म संक्रमितको संख्या ५ हजार ९१८ पुगेको छ । जसमध्ये ६८ जनाको मृत्यु भएको छ भने ३ हजार २७ जना निको भएका छन् ।

आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार १२३ रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : ३८ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से