१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

संक्रमितको शव व्यवस्थापन विवाद, स्थानीयको बिरोध पछि कब्रस्थान सिल गरियो



धनगढी । कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थानमा स्थानीयबासीले बिरोध जनाए पछि धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सिल गरिएको छ ।

बिहीबार मृत्यु भएकी एकजना कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले धार्मिक परम्परा अनुसार कब्रस्तानमा गाडेपनि कोरोना संक्रमतिको शव मानव वस्ती नजिकै गाडिएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरे पछि कब्रस्तान क्षेत्रलाई सिल गरिएको हो ।

शव गाडिए लगत्तै मानव वस्ती सँगै जोडिएको कब्रस्तानमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । स्थानीयले कब्रस्तानमा ताला समेत लगाएका छन् । कब्रस्तानमा सिल गरिएपछि दुवै मिर्गौलाले काम गर्न छाडेपछि शुक्रवार बिहान मृत्यु भएको धनगढी उपमहानगरपालिका–१, का ५० वर्षीय मोहम्मद जमसेदको शव व्यवस्थापनमा समस्या भएको छ ।

आन्दोलनरत पक्षले मानव बस्तीको बीचमा रहेको कब्रस्तान सधैका लागी बन्दहुनुपर्ने माग गरेका छन् ।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएकी कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बिचमै रहेको कब्रस्तानमा गाडेका थिए । कब्रस्तानमा गाडिएको शव निकालेर अन्यत्रै व्यवस्थापन गर्न आन्दोलनरत स्थानीयबासीको माग छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ८ : ५६ बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै