१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बाँकेमा ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु



नेपालगन्ज । आइतबार साँझ कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

संक्रमणबाट नेपालगन्ज उपमहानगरपालिका-१६, जयशपुर, बाँके निवासी ७० वर्षीया महिलाको उपचारको क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।

जयशपुर निवासी ७० वर्षीया महिलाको आइतबार साँझ ५ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यलय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

श्वास प्रश्वासमा समस्या भएका ती महिलाको कार्तिक १२ गते स्वाब संकलन गरिएको थियो भने अर्को दिन पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

संक्रमित महिलालाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिदै गर्दा समेत विरामीको अवस्थामा सुधार नआएपछी आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको हो ।

योसंगै बाँके जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । मृतकको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीबाट समन्वय भैरहेको जनाइएको छ । बाँकेमा आज बिहान कैलालीका र खजुराका संक्रमित पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : ३६ बजे

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स