२४ माघ २०८१, बिहिबार | February 7, 2025

बाँकेमा ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु



नेपालगन्ज । आइतबार साँझ कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

संक्रमणबाट नेपालगन्ज उपमहानगरपालिका-१६, जयशपुर, बाँके निवासी ७० वर्षीया महिलाको उपचारको क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।

जयशपुर निवासी ७० वर्षीया महिलाको आइतबार साँझ ५ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यलय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

श्वास प्रश्वासमा समस्या भएका ती महिलाको कार्तिक १२ गते स्वाब संकलन गरिएको थियो भने अर्को दिन पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

संक्रमित महिलालाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिदै गर्दा समेत विरामीको अवस्थामा सुधार नआएपछी आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको हो ।

योसंगै बाँके जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । मृतकको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीबाट समन्वय भैरहेको जनाइएको छ । बाँकेमा आज बिहान कैलालीका र खजुराका संक्रमित पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : ३६ बजे

मुलुकको अर्थतन्त्र सुधारतर्फ अग्रसर छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र ओरालो

कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने

काठमाडौँ । चालू आर्थिक वर्षको बजेटमा परेका तर पुस मसान्तसम्म

गायिका मङ्गेशकरको स्वर रहेको ‘बाचुन्जेलीलाई’ सार्वजनिक

काठमाडौँ । गायक रामकृष्ण ढकालले भारतीय गायिका लता मङ्गेशकरसँग गाएको

तिलोत्तमाको सिद्धार्थ माविले मनायो ‘किड्स डे’

बुटवल । रुपन्देहीको तिलोत्तमा-४ स्थित सिद्धार्थ माविले बिहिबार ‘किड्स डे’

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल