५ चैत्र २०८१, मंगलबार | March 18, 2025

डोल्पामा नाकाबाटै पर्यटक फर्काइँदै



डोल्पा । हिमाली जिल्ला डोल्पाका सीमावर्ती नाकाबाट धमाधम आन्तरिक पर्यटकहरु फर्काउन थालिएको छ ।

जिल्लामा कोरोना सङ्क्रमणको जोखिमलाई ध्यान दिएर उच्च सतर्कता अपनाउन कोरोना परीक्षण रिपोर्ट बिनानै नाकामा पुगेका पर्यटकहरु फर्काइएको हो । हालसम्म खदाङ्ग नाकाबाट केही आन्तरिक पर्यटक फर्काइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

सबैको प्रयासले डोल्पालाई अझैसम्म सुरक्षित राख्न सफल भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । ‘जिल्लाका सीमानाकामा कडाई गरेका छौँ, कोरोना परीक्षण रिपोर्ट नल्याएका पर्यटकलाई फर्काइएको छ, जिल्लाका नागरिकलाई कोरोना परीक्षण रिपोर्ट सहित होम क्वारेन्टाइनमा बस्ने शर्तमा मात्रै प्रवेश गर्न दिएका छौ”, प्रजिअ सुनारले भने, ‘डोल्पा घुम्न आएका पर्यटकलाई ७२ घण्टा अघिको कोरोना परीक्षण रिपोर्ट सहित आफ्नै खर्चमा क्वारेन्टिनमा बस्ने शर्तमा जिल्ला प्रवेश गर्न दिन सकिन्छ, सकभर कोरोना कहरमा आफू पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित राख्नु पर्ने भएकाले डोल्पा नआउन आग्रह गर्दछौँ ।’

सडकमार्गबाट मात्रै नभई जहाजबाट डोल्पा आउने नागरिकलाई समेत सुरक्षाकर्मीको निगरानीमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर अनिवार्य होम क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको प्रजिअ सुनारको भनाइ छ ।

गत असोज पहिले सातानै जिल्लामा सरोकारवालाहरुको उपस्थितिमा जिल्ला प्रवेशमा रोक लगाउने निर्णय सहित पटक–पटक सूचना प्रकाशन गरेपनि धमाधम पर्यटक भने आइरहेकाछन् ।

जिल्लाका फोक्सुण्डो ताल र झरना, त्रिपुरासुन्दरी मन्दिर, उपल्लो डोल्पा लगायतका ठाउँको अवलोकन गर्न काठमाडौँ, पोखरा, झापा लगायतका ठाउँबाट पर्यटक आउने गरेका छन् । रासस

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ६ : १८ बजे

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा

लिङ्देनले बहिस्कार गर्दा कमल थापाले दिए नवराज सुबेदी नेतृत्वको राजावादी आन्दोलनलाई मान्यता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी