१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

पिर्काले टाउकामा प्रहार गरी श्रीमानको हत्या



सल्यान । प्रहरीले श्रीमान्को हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीले आफ्नै श्रीमती ४३ वर्षीया ईश्वरीलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकामा प्रहार गरी हत्या गरिएको मृतकका बुवाले प्रहरीलाई जानकारी दिएपछि आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरयासी झगडा भइरहने र ईश्वरीबाट कुनै सन्तान नभएपछि जग्गा बेचेर पसल गर्ने विषयमा विवाद भएपछि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।

आरोपित महिलालाई पक्राउ गरेर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक वलीले जानकारी दिए । रासस

 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ८ : २९ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा