२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

दाङको लमहीका ६४ वर्षिय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेपालगन्जमा मृत्यु



नेपालगन्ज । दाङको लमहीबाट उपचारका लागि भेरी अस्पताल नेपालगन्ज भर्ना भएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत १३ गते कोरोना संक्रमण पुष्टि भएपछि १४ गते भेरी अस्पताल नेपालगन्ज भर्ना भएका लमही नगरपालिका १० का ६४ वर्षिय पुरुषको साँझ ९ बजे मृत्यु भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

मृतकलाई अक्सीजन, भेन्टिलेटर, एन्टिबायोटिक लगायत सबै प्रबिधिबाट उपचार गराउँदा पनि बचाउन नसकिएको संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

आज मृत्यु भएसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारकालागि आएर मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  १० : ५६ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात