१७ माघ २०८२, शनिबार | January 31, 2026

नेपालमा ८१ प्रतिशत कोरोनामुक्त



काठमाडौं । नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार ११४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् ।

वितेको २४ घन्टामा १० हजार ४२३ नमूना परीक्षणमा एक हजार ६७६ पुरुष र एक हजार ७७ महिला गरी दुई हजार ७५३ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ९१ हजार ६३६ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ८८७ पुरुष र ६२५ महिलासहित एक हजार ५१२ संक्रमित थपिएका छन् ।

प्रदेश १ मा ४९४, प्रदेश २ ७७, बागमती एक हजार ६९९, गण्डकीमा १३७, लुम्बिनीमा २१८, कर्णालीमा २५ र सुदूरपश्चिममा १०३ सङ्क्रमित थपिएका छन् । ३५ हजार ४३५ सक्रिय सङ्क्रमित छन् ।

ती मध्ये ३६५ को आइसियू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ८७ पुगेको छ ।

झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् । मनाङ र बाजुरामा सक्रिय सङ्क्रमित छैनन् । रासस

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ६ : ३८ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक