१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

सैनामैनाका एकजना कोरोना संक्रमितको बुटवलमा मृत्यु



बुटवल । रुपन्देहीको सैनामैनाबट उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पुगेका एक जना पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेको सैनामैना १ का ५५ वर्षीय पुरुषको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । डा. गौतमका अनुसार आज बिहान १०ः३० बजे अस्पताल पुगेका उनीमा आजै कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएलगत्तै कोरोना बिशेष अस्पताल पठाईएकोमा भेन्टिलेटरमा राख्दाराख्दै उनको मृत्यु भएको डा. गौतमले बताए ।

उच्चरक्तचापको समेत बिरामी रहेको उनको उपचारका क्रममा मध्यान्ह १ः३० बजे मृत्यु भएको थियो ।

आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  २ : २८ बजे

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान